Friday, January 2, 2015

दम्सादीको बालकल्याण प्राविको ३१ औ वार्षिकोत्सव

पोखरा १८, पुस।

पोखरा–२४, कृस्तीस्थित दम्सादीको बालकल्याण प्राथमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सभासद् बृन्दा रानामगरले शिक्षाको उज्ज्यालोबाट कुनै पनि वालवालिका वञ्चित नहुन  भन्नेतर्फ सम्पुर्ण अभिभावक, शिक्षक र सबैले ध्यान दिनु पर्ने वताईन्।
अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय गान, स्वागत गान, नाटकका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

सोही अवसर पारेर विद्यालयका भुतपुर्व प्रधानाध्यापक तारानाथ भण्डारी र शिक्षिका संगीता आचार्यलाई दोसल्ला, अविर र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो।

कार्यक्रममा पोखरा २४, कृस्ति निवासी गंगाप्रसाद आचार्यले रु १० हजार पाँच सय ५५ र भु.पु. प्र.अ. तारानाथ भण्डारीले रु.  ११ जहार एक सय ११ को अक्षयकोष स्थापना गरेका छन्।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ आचार्य, भविष्य निर्माण उच्च माविका विव्यस अध्यक्ष खडानन्द भण्डारी, शिक्षक कृ्ष्णबहादुर रानाभाट, हिमालय प्राविका विव्यस अध्यक्ष लक्ष्मी जिसी, भुपु प्रअ  तारानाथ भण्डारी, भुपु विद्यार्थी तथा किशोरी समुहकी सचिव सपना विक, इटासका व्यवस्थापक सोम नेपाली, शिक्षासेवी इन्द्रमणी आचार्य, मनोरथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष अस्मिता विक, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सचिव  रघुनाथ पराजुली,लगाएतले शुभकामना व्यक्त गरेका थिए।

विद्यालयका प्रअ बोधराज आचार्यले विद्यालयको वार्षिक प्रगतिप्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए। विव्यसका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक युवराज आचार्यले र शिक्षिका संगिता आतार्यले स्वागत गरेका थिए